ल्वाङगाउँमा ३१ औं चैत्र दशैं मेला हुने, भलिबलको उपाधि राशी १ लाख १० हजार

पाेखरा | चैत २०, २०८१

ल्वाङगाउँमा ३१ औं चैत्र दशैं मेला हुने, भलिबलको उपाधि राशी १ लाख १० हजार

पोखरा:   कास्कीको पर्यटकीय गाउँ ल्वाङमा ऐतिहासिक ३१ औं चैत्र दशैं मेला आयोजना हुने भएको छ ।

 

स्थानीय ग्रिनहिल युवा क्लबले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित मेला आयोजना हुने भएको हो ।

 

क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार उक्त मेला यही २४ गतेदेखि २७ गतेसम्म ल्वाङगाउँको खेलमैदानमा सञ्चालन हुनेछ । 

 

सो मेलामा मुख्य आकर्षणको रुपमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश गरिएको अध्यक्ष गुरुङले बताए ।

 

पुरुष भलिबलतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।

 

यस्तैे उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।

 

 

यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिने खेल संयोजक अनोद  गुरुङले बताए ।

 

प्रतियोगितामा सहभागिता जनाउनका लागि फोनमार्फत पनि –९८०६६२५९८६, ९८१४११७२७७, ९८२७१६००३३, ९८४६५२८०२९ र ९७०८२४८०९२) टिम दर्ता गराउन सकिने क्लबका सचिव निरोज गुरुङले जानकारी दिए ।

 

उनका अनुसार सो मेलामा छेलो हान्ने, रस्साकस्सी, म्युजिकल चियर,बेलुन फुटाउने प्रतियोगिता, विविध साँस्कृतिक कार्यक्रम, लाइभ कन्र्सट, ख्यातीप्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।

 


 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्